काठमाडौं । फ्रेन्चाइज ग्लोवलले बाजेको सेकुवाको इन्टरनेसनल फ्रेन्चाइज राइट लिएको छ । विभिन्न देशका प्रमुख शहरहरुमा २०० ओटा अन्तर्राष्ट्रिय आउटलेट खोल्ने गरी ग्लोवलले बाजेको सेकुवाको इन्टरनेसनल फ्रेन्चाइज राइट लिएको हो ।
बाजेको सेकुवाको इन्टरनेसनल फ्रेन्चाइज राइट फ्रेन्चाइज ग्लोबलले लिएको छ । शुक्रबार सो विषयमा दुवै पक्षबीच हस्ताक्षर भएको हो । बाजेको सेकुवा तर्फबाट डाइरेक्टर चेतन भण्डारी र फ्रेन्चाइज ग्लोेबलको तर्फबाट सिइओ डा. शम्भु पोखरेलले हस्ताक्षर गरेका छन् ।
अब बाजेको सेकुवाको अन्तर्राष्ट्रिय आउटलेट फ्रेन्चाइज ग्लोबलले गर्ने भएको छ.। पहिलो २ वर्षमा विभिन्न देशका प्रमुख शहरहरुमा २०० ओटा अन्तर्राष्ट्रिय आउटलेट खोल्ने फ्रेन्चाइज ग्लोबलको योजना रहेको छ ।
फ्रेन्चाइज ग्लोबलले विभिन्न व्यावसायिक कम्पनीबीच समन्वय गर्ने व्यावसायिक विस्तारका लागि पहल गर्ने स्वामित्व प्रत्यायोजन गर्ने लगायतका कामहरू गर्दै आएको छ ।
प्रतिक्रिया