Logo

मुख्य समाचार

बाढी पहिरोको कारण तरकारी ढुवानीमा समस्या : बढ्यो सबैजसो तरकारीको भाउ



काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लाति तरकारीको मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार आज सबैजसो तरकारीको मूल्यको भाउ बढेको छ । कालिमाटी बजारमा आज सानो गोलभेंडा किलोको ७५ रुपैयाँ किनबेच भइरहेको छ ।

टनेलको सानो गोलभेंडा आज गोलभेंडा आज किलोको ९० रुपैयाँ किनबेच भइरहेको छ । त्यस्तै, गाजर किलोको एक सय १० रुपैयाँबाट एक सय ९० रुपैयाँ पुगेको छ ।

बन्दा किलोको ६५ बाट ८५ रुपैयाँ पुगेको छ । काउली एक सय पाँच रुपैयाँबाट एक सय ४५ रुपैयाँ, बोडी ७५ बाट एक सय १० र तिते करेला किलोको ७५ बाट एक सय १० रुपैयाँ पुगेको छ । स्कुस किलोको १७ रुपैयाँबाट बढेर ५५ रुपैयाँ पुगेको छ ।

यस्तै तोरीको साग किलोको ४५ रुपैयाँबाट बढेर ९५ रुपैयाँ पुगेको छ । तरकारीसँगै फलफुलको भाउ पनि बढेको छ । लगातारको बर्षाले हिजो काठमाण्डौ उपत्यका र आसपासमा बाढी तथा पहिरो गएका कारण ढुवानीमा समस्या भइ भाउ बढेको हो ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ९ : ४७ बजे