Logo

Breaking News 1

नख्खु खोलाले बगाउँदा एक बालकसहित चारजना बेपत्ता



काठमाडाैं । अविरल वर्षाका कारण आएको बाढीले ललितपुर महानगरपालिका नखिपोट कोलोनी क्षेत्रमा नख्खु खोलाले बगाउँदा चार जना व्यक्ति बेपत्ता भएका छन् ।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेमा नाम र वतन नखुलेका दुई पुरुष, एक महिला र एक बालक रहेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १० : ३७ बजे