Logo

मनोरञ्जन

महजोडीको देशव्यापी ‘महजात्रा’ कात्तिक २९ गतेदेखि


१० आश्विन २०८१, बिहिबार  

92
Shares

काठमाडौं । झण्डै एक दशकपछि कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचाय (मह)को जोडीले देशव्यापी ‘महजात्रा’ आयोजना गर्ने भएका छन् ।

कात्तिक २९ गतेदेखि मंसिर १८ सम्म काठमाडौंको प्रज्ञा भवन र मोफसलका सहरमा जात्रा आयोजना बिहीबार पत्रकार सम्मेलनमाफर्त जानकारी गराइएको हो ।

मानवसेवा आश्रम र मीरा फाउण्डेसनको सहयोगार्थ सुश्री मिडियाले कार्यक्रम आयोजना गर्न लागेको बताइएको छ ।

काठमाडौंमा १२ र मोफसलका सहरमा पनि १२ स्टेज शो आयोजना हुने आयोजकले बताएको छ ।

जात्रामा कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित किरण केसी, नरेन्द्र कंसाकार, राजाराम पौडेल, शैलेन्द्र सिंखडा, शिवहरि पौड्याल, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभूषा बस्नेतले महजात्रामा हास्यव्यंग्य प्रस्तुति दिनेछन् ।

लामो समयपछि हुन लागेको यो कार्यक्रममार्फत वर्तमान देशकाल, परिस्थिति र विकृतिलाई हास्यव्यंग्य मार्फत कटाक्ष गरिने अभिनेता समेत रहेका हरिवंशले जानकारी दिए ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ३ : १४ बजे