Logo

Breaking News 1

हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाकाे सम्भावना, सचेत रहन महाशाखाकाे आग्रह


१० आश्विन २०८१, बिहिबार  

92
Shares

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशभर मनसुनी वायुको प्रभाव रहेको साथै देशमा बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको महाशाखाले जनाएकाे हाे ।

अहिले देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहेकोछ भने कोशी, मधेश, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएकाे छ । 

आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ भने सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको तथा कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका तराई भू-भागका केही स्थानहरुमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

आज राति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ भने कोशी, बागमती, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ६ : १३ बजे