Logo

अर्थ

सुनको मूल्यले बनायो पुनः नयाँ रेकर्ड



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य तोलामा चारसय रूपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य चार सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै,चाँदीको मूल्य भने सोमबार स्थिर रहेको छ ।

आइतबार प्रतितोला १ हजार ९ सय २० रुपैयाँ कारोवार भएको सुन आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९२० रुपैयाँ रहेको महासंघले जनाएको छ ।   

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ११ : ३३ बजे