Logo

मुख्य समाचार

बागमती प्रदेशसभाको बैठक आज बस्दै



काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । प्रदेश सभा सचिवालयका अनुसार चौंथो अधिवेशनको ३६ औँ बैठक आइतबार दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकमा विभिन्न संसदीय समितिबाट पारित भई प्रदेश सभा सचिवालयमा दर्ता भएका विद्येयकहरुको प्रतिवेदन प्रस्तूत गर्नै कार्यसूचि रहेको छ ।

सचिवालयलका अनुसार शिक्षा, स्वास्थ्य तथा कृषि समितिबाट पारित भएका प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’, ‘प्रदेश कृषि विकास सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक’ र उद्योग, पर्यटन तथा वातावरण समितिबाट पारित भएको प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ माथि छलफल हुने छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ९ : ५६ बजे