Logo

विश्व

चीनको सांघाइमा आएको आँधीका कारण श्रमिकहरु विस्थापित


४ आश्विन २०८१, शुक्रबार  

92
Shares

एजेन्सी ।  चीनको सांघाइ सहर क्षेत्रमा आएको तिब्र गतिको आँधीसँगै आएको बर्षा र बाढीले जनजीवन प्रभावित भएको छ ।

विहीबार फेङ्जियान जिल्लाबाट प्रवेश गरेको आँधीले करिब ६० हजार निर्माण क्षेत्रका श्रमिक विस्थापित भइसकेको सीसीटिभीप्लसले जनाएको छ । तर ठूलो क्षतिका घटनाहरु भएका छैनन् भने आँधीको बेग कम हुँदै गएको छ ।

पुलासन नाम दिएको आँधी ८३ किलोमिटर प्रतिघन्टाको वेगमा अवतरण गरेको थियो । जसका कारण सांघाइ र जियाङ्सुका धेरै क्षेत्रहरु खाली गराइएको छ । पचहत्तर वर्षको इतिहासमा सबैभन्दा शक्तिशाली आँधी आएको केही दिनपछि चीनमा दोस्रो आँधी आएको हो ।

केही दिनअघि बेबिनकाले आँधीले विध्वंश मच्चाए लगत्तै दोस्रो आँधी आएको हो । सन् १९४९ यस्तै किसिमको शक्तिशाली आँधी आएको एजेन्सीहरुले जनाएका छन् ।(सीसीटिभीप्लस)

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  १ : ३५ बजे