Logo

Breaking News 1

ओमानसँग नेपाल पराजित



काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमानसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको २२० रनको लक्ष्य भेट्टाउँदै ओमानले जित हासिल गरेको हो ।

क्यानडाको म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्ड (ए), किङ सिटी, अन्टेरियोमा भएको खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । 

ओमानले नेपालले दिएको लक्ष्य ४९ दशमलव ५ ओभरमा नौ विकेटको क्षतिमा भेट्टाएको हो ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ६ : १९ बजे