Logo

कर्पोरेट

कृषि विकास बैंकको सञ्चालक सदस्यमा मैनाली नियूक्त



काठमाडौं । बैंकका नवनियूक्त सञ्चालकलाई रामशरण पुडासैनीले सपथ ग्रहण गराएका छन् । नेपाल सरकारको निर्णयानुसार सञ्चालक सदस्य पदमा दिर्घराज मैनाली नियुक्त भएका हुन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त सञ्चालक सदस्य मैनालीलाई बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराएका हुन् । मैनालीमा हाल अर्थ मन्त्रालयको सहसचिव पदमा कार्यरत रहेका छन् । उनमा सरकारी सेवाको लामो अनुभव छ ।

उक्त अवसरमा कृषि विकास बैंकका सञ्चालक सदस्यहरु संजिव कुमार कर्ण, गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरांगाई, रीता सुवेदी कृषि विकास बैंक लिका प्रमुख कार्यकारी अधिकृत(सीईओ) गोविन्द गुरुङ, बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १२ : ३८ बजे