Logo

अर्थ

ह्याविट्याट पावर कम्पनीको बिक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल



काठमाडौँ । ह्याविट्याट पावर कम्पनी लिमिटेडले साधारण शेयर जारी गर्ने भएको छ । 

कम्पनीले आफ्नो जारी पूँजी ५५ करोडको २० प्रतिशत १०० रुपैयाँ अंकित दरको ११ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्ने भएको हो । 

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि र बाँकी १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई जारी गर्ने सूचनमा उल्लेख छ । 

शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा ह्याविट्याट पावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष वटु लामिछाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 
ह्याविट्याट पावर कम्पनीले निर्माण गर्दै गरेको, पाँचथर जिल्लामा अवस्थित, ९.९ मे.वा. क्षमताको हेवाखोला ए साना जल विद्युत आयोजनाको निर्माण कार्य ७० प्रतिशत सम्पन्न भइसकेको र यहि आ.व.को चैत्र मसान्त सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ, तथा आयोजना सम्पन्न गरिसक्दा प्रति मे.वा. लागत रु १९ करोड मात्र रहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  २ : १३ बजे