Logo

अर्थ

बुधबार नेप्से ९० दशमलव ७३ अङ्कले घट्यो



काठमाडौं । शेयर बजार परिसूचक नेप्से बुधबार घटेको छ । नेप्से आज ९० दशमलव ७३ अङ्कले घटेर दुई हजार सात सय ३९ दशमलव ४६ विन्दुमा पुगेर बन्द भएको हो ।

आज तीन सय २० वटा कम्पनीका दुई करोड ६५ लाख कित्ता शेयर १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २ सय १५ रुपैयाँमा कारोबार भएका छन् ।

आज नेपाल फाइनान्स र एक्सेल डेभलपमेन्ट बैंकको ३० करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ ।

आज सबै समूहको शेयर घटेकोमा बीमा, होटल, विकास बैंक, फाइनान्स, जलविद्युत्, उत्पादन, व्यपार, अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज कुमारी इक्विटी फन्डको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।

बजार उच्च अङ्कले ओरालो लागेको दिन पाँच वटा कम्पनीका शेयर भने १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ५ : २१ बजे