Logo

राजनीति

कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागले बीपी जयन्ती मनाउने



काठमाडौं । नेपाली कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागले वीपी कोइरालाको १११ औं जन्मजयन्ती मनाउने भएको छ । विभागीय प्रमुख डा.डिला संग्रौलाको अध्यक्षतामा सोमबार बसेको बैठकले वीपी जयन्तीलाई भब्य रुपमा मनाउने निर्णय गरेको हो ।

विभागले वीपीको जन्म जयन्तीको अवसर पारेर भदौ २५ गते विपीको समाजवाद र वुद्धिजीविको भूमिका’ विचार गोष्ठीको आयोजना गर्ने साथै बार्षिक रुपमा गर्ने कार्यतालिका बनाउने निर्णय समेत गरेको कांग्रेस केन्द्रीय सदस्य एवम प्रमुख डा.संग्रौलाले जानकारी दिइन ।

साथै बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ गते पनि विशेष अन्तरक्रिया गर्ने जनाएको छ । विभागीय प्रमुखका डा.संग्रौलालाई जिम्मेवारी दिएलगत्तै कांग्रेस सभापति शेर बहादुर देउवाले विभागमा १० जना सदस्यहरु मनोनयन गरिसकेका छन् ।

कुल ४९ सदस्य रहने विभागमा बाँकी सदस्य पछि मनोनयन गरिने विभागीय प्रमुख संग्रौलाले बताइन् । विभागले गत भदौ ६ गते समाजवादी चिन्तक स्व.प्रदिप गिरीको स्मृतिमा प्रथम राष्ट्रपति डा।रामवरण यादवको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ५ : ०४ बजे