Logo

गण्डकी प्रदेश

दीपक मनाङेले दिए राजीनामा दिने चेतावनी



काठमाडौं । प्रदेशको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका दीपक मनाङेले कम प्रभाव भएको मन्त्रालय दिएको र वरीयता पनि घटाइएमा असन्तुष्टि जनाउँदै राजीनामा दिने बताएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय एमालेलाई दिएर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

उनलाई छैठौं वरीयतामा राखिएको छ । यसअघि ५ जनामन्त्री हुँदा उनी तेस्रो नम्बर वरीयतामा थिए । मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रममा गएपनि कम प्रभाव भएको मन्त्रालय र वरीयता पनि घटाइएको भन्दै असन्तुष्टि जनाएका थिए । मनाङे कार्यक्रमस्थलबाट पनि रिसाउँदै निस्किएका थिए ।

मन्त्री मनाङेले मन्त्रालयबारे छलफल गर्न स्वकीय सचिव सन्तोष अधिकारीलाई मुख्यमन्त्री कार्यालय पठाएका छन् । वन मन्त्रालयका सचिवसमेत छलफलमै रहेको जानकारी दिए । मनाङे मन्त्री रहेको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी एमालेका प्रकाशबहादुर केसीले पाएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ३ : ४४ बजे