Logo

गण्डकी प्रदेश

डेंगी  संक्रमितको संख्या बढ्दै, सबैभन्दा धेरै संक्रमित गण्डकी प्रदेशमा



काठमाडौं । यो वर्ष गण्डकी प्रदेशमा सबैभन्दा धेरै दुई हजार ९५४ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये तीन हजार ७३० जना अगष्टका ३० दिनमा थपिएका हुन् । जुन अघिल्ला सात महिनाको भन्दा उच्च हो । यो वर्ष गण्डकी प्रदेशमा सबैभन्दा धेरै दुई हजार ९५४ जनामा संक्रमण देखिएको छ ।

 इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार कास्कीमा ६४५, चितवनमा ५८७,  पर्वतमा ५८७, चितवनमा ५१७, काठमाडौंमा ५११, गोरखामा २४५, झापामा १६३ र मकवानपुरमा ११४, भोजपुरमा १०३, पाल्पमा १०१ जना संक्रमित भएका छन् । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम छ । 

अगष्ट ३० सम्म ६ हजार ३४७ जना संक्रमित भएका छन् । जनवरीयता डेंगी संक्रमणबाट तीनजनाको मृत्यु भएको छ । सन् २०२४ को जनवरीयता अगष्ट अन्तिमसम्म डेंगी संक्रमितको संख्या ६३ सय नाघेको छ ।

यो वर्ष डेंगी ७५ जिल्लामा देखिएको छ । हुम्ला र डोल्पाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ । 


प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १२ : ५८ बजे