Logo

राजनीति

कांग्रेसमा शिक्षा नीति निर्माणको माग


१४ भाद्र २०८१, शुक्रबार  

92
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले युग सुहाउँदो शिक्षा नीतिका लागि आधिकारिक धारणा बनाउन माग गर्दै सानेपामा जारी केन्द्रीय समिति बैठकमा पार्टी सभापति र पदाधिकारीका नाममा पत्र दर्ता गराएका छन् ।

महरले ‘शिक्षा नीति’ निर्माणको प्रस्ताव पेस गरिदिन र पारितका लागि आवश्यक पहल गरिदिन आग्रह गर्दै उनले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्र दर्ता गराएको बताएका हुन् ।

उनले भने, ‘युग सुहाउँदो शिक्षा नीतिका लागि आधिकारीक धारणा बनाउन जारी केन्द्रीय समिति बैठकमा ’शिक्षा नीति’ निर्माणको प्रस्ताव पेस गरिदिन र पारितका लागि आवश्यक पहल गरिदिन आग्रह गर्दै पत्र दर्ता गराएको छु । सानेपामा दर्ता पत्रमा पार्टी समापति र पदाधिकारीको नाम उल्लेख छ ।’

उनले आफूलाई कांग्रेस शिक्षा विभाग प्रमुखको जिम्मेवारी दिएकोप्रति आभार व्यक्त गर्दै प्राप्त जिम्मेवारी पार्टी र मुलुकको हितमा प्रयोग प्रतिवद्धता जनाए ।

उनले भने, ‘मुलुकको विद्यमान शिक्षा प्रणालीका सन्दर्भमा गम्भीर समीक्षा तथा पुनरवलोकन आवश्यक छ । त्यसका लागि पार्टीको आधिकारीक धारणाको अपेक्षा गर्दछु ।’

संघीयताको मर्म अनुरुप शिक्षामा सबैको सहज पहुँच सुनिश्चित गर्न र शिक्षालाई सर्वव्यापी, जीवनोपयोगी, प्रतिस्पर्धी एवं गुणस्तरयुक्त बनाउन, सबै तहको शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाई देशको आवश्यकता अनुरुपको मानव संशाधन विकास गर्ने नयाँ शिक्षा नीति आजको आवश्यकता रहेको उनले औंल्याए ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ४ : ४९ बजे