काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ ।
हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ । साथै मधेशका प्रदेशका एकरदुई स्थानमा मेघ/गर्जनरचट्याङसहित भारी वर्षा समेत भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशरूका केही स्थानहरूमा तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ(गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा बागमती र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागले जनाएको छ । कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया