Logo

Breaking News 1

सुनको मूल्यमा नयाँ रेकर्ड, एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार



काठमाडौं । नेपाली बजारमा सुनको भाउले आइतबार फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । 

गए शुक्रबार एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी एक हजार ७६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । गत शुक्रबार एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।  

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ११ : ०१ बजे