Logo

मुख्य समाचार

नारायणीसहितका नदीको बहाव बढ्ने



काठमाडौं । आगामी तीन दिन नारायणीसहितका नदीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, नारायणी, कन्काई, कमला, वाग्मती, राप्ती र यसका सहायक नदीहरूमा बहाव बढ्नेछ ।

यी नदीमा बहाव बढे पनि जलसतह सतर्कता तलै हुने विभागले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  १० : ३६ बजे