Logo

मुख्य समाचार

तम्घास–रिडी र रिडी–वामीटक्सार सडकखण्ड अवरुद्ध



गुल्मी । अविरल वर्षाका कारण तम्घास–रिडी र रिडी–वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र वीरवासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

त्यसैगरी तम्घास–रिडी सडकअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–१ को रिडी खर्न्याङ् सडक र तम्घास–रिडी सडकअन्तर्गत रातामाटामा सडक माथिबाट चट्टानसहितको पहिरो खस्दा सो क्षेत्रमा पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सडक सञ्चालन गर्न स्थानीय पालिका र प्रशासनद्वारा पहल भैरहे पनि वर्षा भइरहेको र पहिरो खस्ने क्रम नरोकिएका कारण सडक सञ्चालन गर्न समस्या परेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ९ : २२ बजे