Logo

मनोरञ्जन

कर्णाली र सुदुरपश्चिम मात्र होइन देश बुझन् ‘बुलाकी’ हेर्नुपर्छ : सुरक्षा पन्त


३१ श्रावण २०८१, बिहिबार  

69
Shares

काठमाडौं । पछिल्लो समय अभिनेत्री सुरक्षा पन्त निकै व्यस्त छिन् । यही साउन ३२ गते उनी अभिनीत फिल्म ‘बुलाकी’ पुनः प्रदर्शन हुँदैछ ।

नेपालको पहिलो कविता रियालिटी शो ‘द पोइट आइडल’ की निर्णायक समेत रहेकी नायिका पन्त फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा उनी प्रचारप्रसारका लागि दौडधुप गरिरहेकी छन् ।

कर्णाली र सूदूरपश्चिम क्षेत्रमा छायांकन गरिएको चलचित्र बुलाकी समग्र देशकै नारीहरुको कथा भएको कारण पुनःप्रर्दशनका क्रममा दर्शकको साथ पाउनेमा आशावादी छिन् सुरक्षा ।

‘पहिलो प्रदर्शनमा दर्शकको साथ रहँदारहँदै हलबाट उतार्नुपर्यो । कर्णाली र सुदूरपश्चिममा खिचिएको भएपनि सिनेमाले समग्र देशका नारीहरुको प्रतिनिधित्व गर्ने भएकाले पनि यो उर्जाका साथ हामी फेरि दर्शककोमा जाँदैछौं । कर्णाली प्रदेशमा विद्यमान जारी प्रथामा आधारित सिनेमा बनाएका छौं,’ उनले सुनाइन् ।

कर्णालीमा भएको जारी प्रथाको बाहेक चलचित्रमा प्रेम र दाम्पत्य जीवनमा उनले उतारचढाव पनि समावेश छन् । विद्यमान जारी प्रथाको मूल कथावस्तुमा निर्माण गरिएको ‘बुलाकी’  लक्ष्मण सुनारले निर्देशन गरेका हुन् ।

चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाईंलगायतको अभिनय छ । चलचित्रमा शिव ढकालको छायाङ्कन रहेको छ । 

कलाकार बन्नका लागि अभिनयसँगै व्यक्तित्व पनि आवश्यक छ । कला क्षेत्रमा शितलता प्रदान गर्ने व्यक्तित्व जरुरी छ । मान्छे हेर्दा हेरिरहुँ लाग्ने व्यूटी हुनु आवश्यक छ । अभिनय र व्यक्तिले बाँच्ने जीवन सँधै राम्रो हुनुपर्दछ जस्तो लाग्छ ।

‘कर्णालीलाई जसरी परिभाषित गरिएको छ त्यसलाई मंैले नितान्त फरक पाए । कर्णाली एकदमै धेरै पीडित छ भनेर भाष्य निर्माण गर्न खोजिएको छ । तर त्यहाँ वास्तवमा त्यस्तो छैन । एकदमै समृद्ध लाग्यो । भौगोलिक, राजनीति, धर्म र परिवेशका आधारमा र मान्छेहरुको सोच्ने तरिकाहरु निकै गजब छ । महिलाहरु पनि चुलोचौकोमा मात्र होइन । जहाँ पनि जाने, घरको निर्णय आफैं लिन सक्ने र रोकतोक नभएको पाइयो । त्यहाँ भएका महिलाहरु स्वतन्त्र तरिकाले बाँचिरहेका छन्,’ करिब एक महिना कर्णाली बस्दाको अनुभव सुनाइन्

बुलाकीको क्रममा धेरै नयाँ कुरा सिक्ने अवसर मिलेको सुरक्षाको भनाई  छ । उनले बुलाकी फिल्ममा स्थानीय भाषा बोल्न अफ्ठयारो लागे पनि कर्णाली क्षेत्रका मानिसहरुको सोच सबैभन्दा बढि मन परेको बताइन् । उनले कर्णालीका मान्छेहरुमा सबैभन्दा बढि उर्जा रहेको पनि सुनाइन् । उनले विकट ठाउँको महिलाहरु कमजोर हुन्छन् भनेर सोच्ने तरिका नै गलत भएको बताइन् । कर्णालीका मान्छे हेर्दा हामी चाँही दुखी  पीडित हौं कि जस्तो सुरक्षालाई लागेको छ ।

उनले फिल्ममा खस भाषाका शब्दहरु स्मरण गर्न साह्रै गाह्रो भएको समेत सुनाइन । उनले भाषा भन्दा पनि कर्णाली भाषाको गीतमा बढि फोकस गरेको बताइन् ।

उनले आफूलाई सबै क्यारेक्टरमा काम गर्न खुसी लाग्ने समेत बताइन् । कलाकार भएकै हिसावले पनि कसैलाई जज गर्न नहुने उनको तर्क थियो । उनले जस्तो  खालको  पात्र आए पनि आफ्नो लागि पात्र नै प्रमुख हुने बताइन । उनले जतिसक्दो आफ्नो एउटा सहज  वातावरणमा बसेर काम गरिरहँदा बाहिर निस्केर काम गर्दा बढि आनन्द आउने सुरक्षाको भनाई छ । उनले सबै क्यारेक्टरले हामीहरुलाई च्यालेन्जको रुपमा पनि हेर्न सकिने बताइन् । आफूले आफूलाई परिवर्तन क्यारेक्टरले मात्र गर्न सक्ने सुनाइन । त्यसैले क्यारेक्टर फरकफरक गर्नुपर्छ ।

सुरक्षाले  बुलाकी पुन रिलिज हुँदा यसलाई  आफूले गुड लक या ब्याड लक कुन रुपमा लिनुभएको छ भन्ने प्रश्नमा सुरक्षाले रिलिज भएपछि मात्र थाहा हुने बताइन् । उनले गुड लक या ब्याड लकको रुपमा नलिएरै यो एउटा नितान्त यात्राको रुपमा लिएको उनले सुनाईन् ।

उनले आफूले गरेका सिनेमाहरुले राम्रै व्यापार गरेको पनि बताइन् । उनले बक्स अफिसमा हेर्ने हो भने आफूले जतिपनि सिनेमा गरे  समग्र सबैले बक्स  अफिसमा राम्रै योगदान गरेको बताइन् । यसका साथै उनले ब्लकबस्टर चाहीँ कुनै सिनेमा नभए स्वीकार गरिन् ।

उनले आफूले छाडेको सिनेमा हिट भएको समेत बताइन् । उनले आफूलाई वौद्धिक नायिकाको रुपमा नहेरेको बताइन् । उनले मुर्ख भएर पनि कुरा गर्ने तथा सामान्य व्यक्ति भएर पनि कुरा गरिरहँदा आफूलाई बौद्धिक भन्न नरुचाउने सुरक्षाको सोच छ ।

ईन्जिनियरिङ क्षेत्र छाडेर कलाकारितामा आएको मान्छे वौद्धिक नभएर मुर्ख हो भन्न रुचाउने उनी बताउँछिन् ।

उनले भन्नि, ‘कान्स फेस्टिेबलमा जाँदा सपना हो की जस्तो लागेको थियो । टिभीमा देखिरहेको अर्थात भगवानसँग मागिराख्दा पनि हे  भगवान कान्समा जान पाइयोस् भनेर पूजा गरिराखेको ठाउँ हो । एक्कासी त्यसरी जान पाउँदा आफ्नो लागि सपना सरह नै थियो,’ उनले अनुभव सुनाइन् । 

उनले  पछिल्लो समय अश्लिलता भित्रिँदै गएको समेत बताइन् । उनले एउटा कलाकार भइसकेपछि स्वतन्त्रताको नाममा र प्रगति गर्नुपर्छ भन्ने नाममा हामीले धर्म संस्कृतिलाई भुल्न नहुने सुझाव दिइन ।  तीज गीत छाडा भएकाले यसलाई न्यूनिकरण गर्नुपर्ने नायिका सुरक्षाको भनाई छ । न्यूनीकरणका लगि संघसंस्था बनेका छन् । लोकदोहोरीको  लागि त झन शसक्त संस्थाहरु छन् पहल गरेर कसरी रोक्न सकिन्छ भनेर प्रगति मुलक बनाउन सकिने उनको भनाई छ ।

साथै उनले फिल्म क्षेत्रमा काम गर्न अबको समयमा गाह्रो नरहेको बताइन् । उनले सिनेमा क्षेत्र स्वतन्त्र क्षेत्र भएको बताइन् । अरु क्षेत्रको जस्तो नियम कानूनमा बाधिएको क्षेत्र नरहेको उल्लेख गरिन् । उनले फिल्म क्षेत्रलाई सवलीकरण गरेर अगाडि बढाउन जरुरी रहेको बताइन् । उनले यस क्षेत्रमा आउनको लागी गाह्रो नभएको बताइन् । उनले सोसल मिडियाबाटै यो क्षेत्रमा प्रवेश गर्न सकिने बताइन् । तर कालान्तरसम्म टिक्न एकदमै गाह्रो रहेको बताइन । उनले कालान्तरसम्म टिकिरहन आफ्नै निष्ठा, आफ्नै मिहेनतको आवश्यकता हुनुपर्ने बताइन् । उनले कला प्रमाणित गरिसकेपछि महिलाको लागि यो क्षेत्र सुरक्षित रहेको बताइन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  १ : ४३ बजे