Logo

Breaking News 1

उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन


३१ श्रावण २०८१, बिहिबार  

69
Shares

काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । बुधबार राति उपचारका क्रममा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा न्यायाधीश रेग्मीको निधन भएको हो ।

न्यायाधीश रेग्मी ब्रेन ट्युमरबाट पीडित थिए । न्याय सेवाका सहसचिव रेग्मी २०७७ सालमा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।

न्यायाधीश रेग्मीको निधनमा उच्च अदालत पाटनले आजका निम्ति निर्धारित सबै कामकारबाही स्थगन गरेको छ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ११ : २३ बजे