Logo

मनोरञ्जन

राज कुन्द्रालाई तत्काल गिरफ्तार नगर्न सर्वोच्च अदालतको आदेश



काठमाडौं । भारतको सर्वोच्च अदालतले सिल्पा शेट्टीको श्रीमान् उद्योगपति राज कुन्द्रालाई तत्काल गिरफ्तार नगर्न आदेश दिएको छ । सर्वोच्चले कुन्द्रालाई ४ साताका लागि गिरफतार नगर्न आदेश दिएको हो ।

पोर्नोग्राफी भिडियो प्रकरणमा मुछिएका राज कुन्द्राले दिएको अग्रिम जमानतको निबेदन मुम्बइ उच्च अदालतले खारेज गरेको थियो ।

कुन्द्राले मुम्बइ उच्च अदालतको फैसलालाई चुनौती दिँदै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सर्वोच्च अदालतले यस सम्बन्धमा महाराष्ट्र सरकारलाई नोटिस जारी गर्दै जवाफ मागेको छ ।

यो आदेशसँगै कुन्द्रालाई सर्वोच्च अदालतबाट राहत मिलेको छ । मुम्बइ उच्च अदालतले राज कुन्द्रा सहित अन्य ६ जनाको अग्रिम जमानतको निवेदन खारेज गरेको थियो ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ७ : ०७ बजे