काठमाडौं । संघीय संसदको राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बुधबार बस्दैछ ।बिहान सवा ११ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्नेछ ।
बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि अनिवार्य शर्त रहेको ‘सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया