Logo

मुख्य समाचार

संसद भवन प्रवेश गर्न खोज्दा दलित अभियन्ता सुनार पक्राउ


२९ श्रावण २०८१, मंगलबार  

115
Shares

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा एक सातादेखि प्रदर्शन गरिरहेका दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फलामको साङ्लो बाँधेर प्रतिकात्मक प्रदर्शन गरिरहेका सुनारलाई प्रहरीले नियन्त्रण लिइएको हो । बानेश्वरस्थित संसद भवन प्रवेश गर्न खोजेपछि नियन्त्रण लिनु परेको प्रहरीले जनाएको छ । हाल उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।

उनी गत बुधबारदेखि माइतीघरमा प्रदर्शन गर्दै आएका थिए । ‘दलितलाई खै ?’ लेखिएको ब्यानरसहित उनी प्रदर्शन गर्दै आएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डलमा दलितलाई उपेक्षा गरिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

१४ प्रतिशत जनसंख्या ओगटेका दलितलाई बेवास्ता गरेर समावेशीकरण र समतामुलक समाज स्थापना नहुने सुनारको भनाई छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ४ : २१ बजे