Logo

धर्म / संस्कृति

हिन्दु राष्ट्र स्थापनाका लागि पोखरामा धार्मिक पदयात्रा



पोखरा । वैदिक सनातन हिन्दु अधिराज्य नेपाल स्थापनाका लागि भन्दै पोखरामा सोमबार धार्मिक पदयात्रा आयोजना गरेको छ ।

नेपाल सनातन धर्म संस्कृति संगठन कास्कीको आयोजनामा भएको पदयात्रामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सहभागिता जनाए ।

महेन्द्र पुलदेखि सुरु भएको पदयात्रामा केदारेश्वर महादेव मन्दिरसम्म पुगेर समापन भएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ३ : ३६ बजे