Logo

राजनीति

माओवादी स्थायी समिति बैठकको समय सर्‍यो



काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकको समय सरेको छ ।

शुक्रबारदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठक सोमबार बिहान ११ बजे बस्ने भनिएको थियो । तर नेताहरूको कार्यव्यस्तताका कारण बैठकको समय सरेको केन्द्रीयका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

उपाध्यायका अनुसार अब दिउँसो २ बजे बैठक बस्नेछ । बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति, विचारको विकास, पार्टी निर्माण लगायतका विषयमा मौखिक प्रस्ताव राखेका थिए ।

उनको प्रस्तावमाथि नेताहरूले चर्को बहस गरेका छन् । खासगरी पार्टीको नीति र नेतृत्वको सम्बन्धमा जनार्दन शर्मा, वर्षमान पुन, राम कार्की लगायत नेताहरूले प्रश्न उठाएको नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ११ : ०२ बजे