Logo

मुख्य समाचार

‘भिजियोल फ्लाइट रुटअनुसार नचल्दा हेलिकोप्टर दुर्घटना’


२४ श्रावण २०८१, बिहिबार  

69
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरीका कारण एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको जनाएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा त्यसबारे प्रारम्भिक प्रतिक्रिया दिएका हुन् ।

दुर्घटनाको विस्तृत विवरण भने सरकारले गठन गरेको छानबिन समितिले दिने उनले बताए । उड्डयन प्राधिकरणको भिजियोल फ्लाइट रुट (भीएफआर)ले अनुमति नदिएको प्रतिकूल मौसम, बादल भएको ठाउँमा हेलिकोप्टर प्रवेश गराउँदा उक्त दुर्घटना भएको प्राधिकरणको जिकिर छ ।

महानिर्देशक अधिकारीले भीएफआरको अनुमतिविपरीत हेलिकोप्टर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा पस्नु प्रतिबन्धित अवस्था रहेको उल्लेख गरे । यसमा जिम्मेवार चालक दल नै देखिएको उनको भनाइ छ ।

बुधबार (हिजो) नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौरमा उक्त हेलिकोप्टर दुर्घटना हुँदा चार चिनियाँ नागरिकसहित पाँचजनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  १२ : ४७ बजे