Logo

विश्व

इन्डोनेशियामा ७.६ तीब्रताको भूकम्प, सुनामी आउने चेतावनी



एजेन्सी: इन्डोनेशियामा मंगलबार राती ७.६ तीब्रताको भूकम्प मापन गरिएको अमेरिकी भूगर्भ विभाग ९यूएसजीएस०ले जानकारी दिएको छ । उक्त भूकम्प इन्डोनेसियाको फ्लोरेस टापुको माउमेरेबाट ९९२ किलोमिटर उत्तरमा गएको थियो ।

यूएसजीएसले फ्लोरेस सागरमा १८.५ किलोमिटर गहिराइमा भूकम्प गएको जनाएको छ ।  प्यासिफिक सुनामी चेतावनी केन्द्रले प्रारम्भिक भूकम्प मापदण्डको आधारमा भूकम्पको केन्द्रबिन्दुको हजार किलोमिटर भित्र रहेका तटहरुमा खतरनाक सुनामीका छालहरु सम्भव भएको जानकारी साझा गरेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ९ : ४२ बजे