Logo

राजनीति

राजनीतिक परिवर्तनको संवाहक माओवादी केन्द्र हो : नेता बस्नेत



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बहादुर बस्नेतले राजनीतिक परिवर्तनको संवाहक माओवादी केन्द्र भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र हुम्लाको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्रले सबै जनतालाई उर्जा, चेतना र विश्वास दिएर सबै भौतिक  तागतलाई बद्लेर यो देशमा राजनीतिक परिवर्तन लिएको बताएका हुन् ।

उनले  भने, ‘नेकपा माओवादी केन्द्रले उत्पीडित वर्ग र जाती,क्षेत्र,लिङ्ग, समूदायमा एउटा विश्वास दियो ,जागरण दियो, उर्जा  दियो, चेतना दियो यो सबै उर्जा, चेतना, विश्वास र  प्रतिबद्धतालाई भौतिक तागतमा बद्लेर यो  देशमा ठुलो  राजनीतिक परिवर्तन पनि सम्भव भयो र २०६३ र ६४ तिर देशमा जुन परिवर्तन भयो त्यो सबै माओवादीले गरेको हो भन्ने सबै जनताले बुझेका छन् । ’

साथै उनले  पार्टीभित्र अनावश्यक बहसतिर लाग्न नहुँने बताए । उनले कांग्रेस  र एमाले लक्षित गर्दै ३२ सिटको माओवादी केन्द्रसँग सबैभन्दा राम्रो लिडर सिप गर्न सक्ने क्षमता भएको दावी गरे ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ३ : १४ बजे