Logo

अर्थ

मंगलबार बढ्यो सुनचाँदीको मूल्य



काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइहरेको छ ।

यस्तै, तेजावी सुन प्रतितोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ६ : ४२ बजे