Logo

कर्णाली प्रदेश

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने



सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने भएका छन् । त्यसका लागि उनले शनिबार नै प्रदेश सभामा पत्र दर्ता गराइसकेका छन् ।

कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिनेछन् ।  कँडेलले विश्वासको मत लिन लागेको यो दोस्रो पटक हो । पहिलोपटक उनले गत वैशाख १३ गते विश्वासको मत लिएका थिए । त्यो बेला उनलाई नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले मत दिएको थियो ।

साउन १७ मा केन्द्रमा बदलिएको सत्ता समीकरणसँगै माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कँडेलले पुनः विश्वासको मत लिन लागेका हुन् । अहिले यहाँ एमाले–कांग्रेसबिच सत्ता समीकरण बनेको छ । आइतबार मात्रै नेपाली कांग्रेस सरकारमा सहभागी बनेको छ । 

४० सदस्यीय प्रदेश सभामा एमालेका सभामुखसहित १० र कांग्रेसको १५ सांसद रहेका छन् । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा रहेसँगै १४ जना सांसदले मुख्यमन्त्रीलाई मत दिनेछन् । यस्तै यहाँ एकीकृत समाजवादी र राप्रपाको १/१ सांसद छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  १० : ०४ बजे