Logo

समाचार

कांग्रेस महाधिवेशन : मतदान गर्न ५५ मिनेटसम्म लाग्ने



२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार मतदान भइरहेको छ ।मतदान गर्नका लागि भृकुटीमण्डपमा दुईवटा र राष्ट्रियसभागृहमा एउटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । धेरै उम्मेदवार भएकाले मतदान गर्नलाई एक जनालाई ४५ देखि ५५ मिनेटसम्म लागेको निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय समितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि ४८० जना भन्दा धेरै उम्मेदवार छन् ।

सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

कांग्रेसमा नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि ४७२३ जना महाधिवेशनले मतदान गर्नेछन् ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  २ : ३० बजे