Logo

मुख्य समाचार

मेलम्ची नदीमा बाढी, उच्च सतर्कता अपनाउन विभागको आग्रह


१८ श्रावण २०८१, शुक्रबार  

46
Shares

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीमा बाढी आएको छ । जल तथा मौसम विज्ञान विभागले नाकोटेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जनाएकाे हो ।

जलसतह बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेको विभागकाे भनाइ छ । कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ७ : ४९ बजे