Logo

मुख्य समाचार

माओवादी केन्द्रको उपत्यका प्रदेशको अध्यक्षमा सिम्खडा निर्वाचित



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को उपत्यका प्रदेशको अध्यक्षमा जगत सिम्खडा निर्वाचित भएका छन् । उपत्यका विशेष प्रदेशको प्रथम सम्मेलनले सिम्खडालाई अध्यक्ष निर्वाचित गरेको हो । 

यस्तै, उपाध्यक्षमा कृष्णराज केसी, संगीता खड्का र प्रकाश पाण्डे, सहसचिवमा गोगन मल्ल, विष्णु थापा र कोषाध्यक्षमा शंकर अधिकारीलाई निर्वाचित भएका  छन् ।

शनिबार काठमाडौंमा उद्घाटन भई आइतबार रातिसम्म चलेको बन्द सत्रमा सर्वसम्मत रुपमा १४१ सदस्यीय प्रदेश समितिको घोषणा गरिएको छ । सम्मेलनमा ६४० प्रतिनिधि सहभागी थिए ।

बन्दसत्रले आयोजक समितिका अध्यक्ष लेखनाथ न्यौपानेद्वारा प्रस्तुत राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ। 

माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ । 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ७ : ४२ बजे