Logo

विश्व

नरेन्द्र मोदीको ट्वीटर अकाउन्ट ह्याक



ऐजेन्सी: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत ट्वीटर अकाउन्ट ह्याक भएको छ। उनको ट्वीटर अकाउन्ट आइतबार बिहान केहि समयका लागि ह्याक भएको हो। 

मोदीको अकाउन्ट ह्याक भएको केहिबेरमै ‘भारतले बिटक्वाइनलाई आधिकारिक बनाएको छ’भन्दै ट्वीट गरिएको थियो। लगत्तै प्रधानमन्त्री कार्यालयले मोदीको ट्विटर अकाउन्ट सुरक्षित भएको जानकारी दिएको थियो। उनको ट्विटर ह्याक हुँदा सामाजिक सञ्जाल ट्विटरलगायत माध्यममा खैलाबैला मच्चिएको थियो। 

मोदीको ट्वीटर सुरक्षित बनाउन आफूहरुले आवश्यक कदम चालिरहेको ट्वीटरले जानकारी दिएको छ। ‘मोदीको व्यक्तिगत ट्वीटर अकाउन्टलाई हामीले तुरुन्तै सुरक्षित बनाएका छौँ’ ट्वीटरका प्रवक्ताले भनेका छन्, ‘अकाउन्ट सुरक्षित राख्न हाम्रो टिम प्रधानमन्त्रीको कार्यालयसँग २४ सै घण्टा निरन्तर सम्पर्कमा छ।’ अब ट्वीटरअकाउन्ट असुरक्षित हुँदैन।’

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ९ : ४२ बजे