Logo

मुख्य समाचार

फाइल खोल्न नडराऔँ, रवि लामिछानेले मिठो भ्रम दिनुभयो : विश्वप्रकाश शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निवर्तमान गृहमन्त्री रवि लामिछानेले मिठो भ्रम दिएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा उनले विशेष समयमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
गिरीबन्धुदेखि नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल रोकिन नहुने उल्लेख गर्दै नयाँ सरकारले स्टन्ट गर्न नहुने बताए ।

“गिरीबन्धुमा कसैले छुट पाउनुहुन्न । नक्कली भुटानी शरणार्थी पनि त्यही हो,” उनले भने, “जुनबेला फाइल खुलेको थियो त्यो बेला कांग्रेस र माओवादीको सरकार थियो । निवर्तमान गृहमन्त्री रवि लामिछानले बिदा हुने बेलामा रमाइलो झुट बोल्नुभयो । कुनै फाइल खोलेको २४ घण्टामा सरकार ढालियो भनेर मिठो भ्रम दिनुभयो । त्यो केवल गलत थियो ।”

उनले रवि लामिछाने मन्त्री हुनुभन्दा ९ महिना अघि नै नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खुलेको बताए ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ३ : ३७ बजे