Logo

समाचार

वर्ल्डलिंकले ल्यायो ‘दुईमा चार’ अफर, दुई वर्षको शुल्क तिर्दा सस्तोमा बढी एमबीपीएसको इन्टरनेट



काठमाडौं । वर्ल्डलिंकले एकैपटक दुई वर्षको रकम तिर्दा २०० एमबीपीएस गतिको इन्टरनेट मासिक ७५० रुपैयाँमा पाउन सकिने अफर ल्याएको छ । नियमित, नयाँ र पुराना ग्राहकका निम्ति कम्पनीले अफरसहित सस्तो मूल्यको ‘दुईमा चार अफर’ ल्याइएको जनाएको छ ।

अफरमा सहभागी हुने ग्राहकले इन्टरनेटको नियमित प्याकेजमा २९ प्रतिशत छुट पाउनेछन् । यसका साथै नोकिया डुअल ब्यान्ड राउटर, दुईवटा नोकिया बिकन १.१ र नेटटीभी एन्ड्रोइडको सेटअप बक्स समेत सित्तैमा पाइने वर्ल्डलिंकले जनाएको छ ।

त्यसानुसार इन्टरनेट सेवाको मूल्य भ्याटबाहेक १७ हजार ९९० रुपैयाँ तोकिएको छ । डिभाइसहरूको डिपोजिट पनि तिर्नुपर्ने कम्पनीको भनाइ छ ।

यस्तै, १९ हजार ४९० रुपैयाँमा २५० एमबीपीएस र २२ हजार २९० रुपैयाँमा ३०० एमबीपीएस गतिको इन्टरनेटका निम्ति कम्पनीले २४ महिने प्याकेज ल्याएको छ ।

२००, २५० र ३०० एमबीपीएस गतिका प्याकेज तीन महिना, ६ महिना वा १२ महिनामध्ये आफ्नो अनुकूलतामा लिन सकिने विकल्प छ । सोहीअनुसार २०० एमबीपीएसको इन्टरनेटको मूल्य तीन महिनाका निम्ति तीन हजार ३०० रुपैयाँ, ६ महिनाका लागि ६ हजार ४०० रुपैयाँ र १२ महिनाका निम्ति १२ हजार ६०० रुपैयाँ छ ।

२५० एमबीपीएसको तीनमहिने प्याकेजको मूल्य तीन हजार ६०० रुपैयाँ, ६ महिने प्याकेजको सात हजार रुपैयाँ र वार्षिक प्याकेजको १३ हजार ८०० रुपैयाँ तोकिएको छ ।

कम्पनीले ३०० एमबीपीएसको इन्टरनेटको तीन महिनाका निम्ति चार हजार ५० रुपैयाँ, ६ महिनाका लागि सात हजार ९०० रुपैयाँ र एक वर्षका निम्ति १५ हजार ६०० रुपैयाँ शुल्क लाग्ने जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  २ : ३९ बजे