Logo

Breaking News 1

चितवनमा ६४ जनामा डेंगीको संक्रमण



चितवन । चितवनमा ६४ जनामा डेंगीको संक्रमण देखिएको छ । ३०४ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगी संक्रमण देखिएको हो । संक्रमितमध्ये ५१ जना चितवनका हुन् । साउनको ११ गते सम्ममा उनीहरुमा डेंगी संक्रमण देखिएको हो ।

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेंगीको संक्रमण बढेको छ । गाउँपालिकामा हालसम्म ४५ जनामा डेंगीको संक्रमण देखिएको उनले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  १० : ५८ बजे