Logo

अर्थ

चालु आर्थिक वर्षमा ५.५ मूल्य वृद्धि सीमित राख्ने लक्ष्य छ : गर्भनर


११ श्रावण २०८१, शुक्रबार  

161
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षमा ५.५ मूल्य वृद्धि सीमित राख्ने लक्ष्य लिएको जानकारी दिएका छन् ।

शुक्रबार आर्थिक वर्ष २०८१÷८२ का मौद्रिक नीति सार्वजनिक गर्दै उनले भारतीय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव परेको भन्दै उनले चालू वर्षका लागि सरकारले ६ प्रतिशतको मूल्यवृद्धि लक्ष्यभित्रै रहने प्रक्षेपण गरेको पनि जानकारी गराए ।

उनले भने,‘नेपालमा पछिल्लो समय थप मुद्रास्फीति बढ्न थालेको छ । भारतमा खाद्यन्न तरकारी, गेडागुडी र दालजन्य सामग्रीको मूल्य उच्च रहेको र जारी रुस युक्रेन युद्ध तथा मध्यपूर्वको भूराजनीतिक तनाब कायमै रहेको कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन तथा खाद्यन्न मूल्य बढ्न सक्ने जोखिम भने रहेको छ । नेपाल सरकारले आर्थिक वर्ष २०८१÷८२ बजेट वक्तव्यमा मुद्रास्फीति ५.५ प्रतिशतको सिमाभित्र रहेने अनुमान रहेको छ । जोखिमहरु रहेको भएतापनि चालू वर्षका लागि सरकारले ६ प्रतिशतको मूल्यवृद्धि लक्ष्य भित्रै रहने प्रक्षेपण गरेको छ ।’

त्यस्तै उनले बैंकिङ प्रणालीमा अधिक तरलता रहेको कारण निक्षेप र कर्जाको ब्याजदर घट्दो क्रममा रहेको पनि बताए । अघिल्ले वर्षको तुलनामा कूल ग्राहस्त उत्पादनमा सुधार भएको अनुमान गरिएतापनि नेपाल सरकारको खर्च र राजस्व परिचालन लक्ष्य भन्दा न्यून रहेको र बैंक तथा वित्तिय संस्थाको कर्जा विस्तार अनुमान गरिए भन्दा कम रहेको उनले बताए ।

उनले भने,‘बैंकिङ प्रणालीमा अधिक तरलता रहेको कारण निक्षेप र कर्जाको ब्याज दर घट्दो क्रममा रहेको छन् । अघिल्ले वर्षको तुलनामा कूल ग्रहास्त उत्पादनमा सुधार भएको अनुमान छ । तर नेपाल सरकारको खर्च र राजस्व परिचालन लक्ष्य भन्दा न्यून रहेको छ । बैंक तथा वित्तिय संस्थाको कर्जा विस्तार अनुमान गरिए भन्दा कम छ । निष्क्रिय कर्जा अनुपात बढेको छ । विश्व अर्थतन्त्रमा क्रमिक सुधार आएता पनि सुधारको गति सुस्त र असमान रहेको छ ।’

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १ : १५ बजे