Logo

समाचार

प्रदीप पौडेल देउवा प्यानलबाट महामन्त्रीमा लड्ने, भयो सहमति



काठमाडौं: नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा संस्थापन पक्षबाट कृष्ण प्रसाद सिटौला समूहमा रहेका प्रदीप पौडेललाई महामन्त्री बनाउने गरी सहमति भएको छ। 

केहीबेर अघि भएको सहमतिअनुसार पौडेललाई महामन्त्री बनाएर जान देउवा पक्ष र सिटौला पक्षले सहमति गरेका छन्। 

कांग्रेसमा तेस्रो धार भनेर चिनिएको सिटौला पक्षले संस्थापन र पौडल दुवै समूहसँग भागबण्डा मिलाउनेबारे कुरा गरिरहेको थियो। 

आजको सहमतिअनुसार अब संस्थापन र सिटौला पक्ष मिलेर निर्वाचनमा जानेछन्।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ४ : ५७ बजे