Logo

अर्थ

आज सुनको भाउ घट्यो, कतिमा कारोबार भइरहेको छ ?



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार स्थिर रहेको सुनको मूल्य आज घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाला सुन आज प्रतितोला १ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छापावाला सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य समेत प्रतितोला १ सय रुपैयाँले नै घट्दै ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

यस्तै, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । हिजो प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ६ : ५२ बजे