Logo

मुख्य समाचार

मलाई लप्पनछप्पन गर्नु छैन, सांसदले आफ्नो गरिमा नबिर्सौं : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कुनै लप्पनछप्पन गर्नु नपरेको बताएका छन् । उनले विद्युत् महसुलबारे सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीले सफेद झुट बोलेको भनेपछि प्रधानमन्त्रीले सरकारले लिनुपर्ने महसुल तिर्नुपर्ने भन्दै प्रयोग नगरेको महसुल तिर्नुनपर्ने भनेको जवाफ दिए ।

उनले जनताले छानेका प्रतिनिधिहरुले सोही अनुसार व्यवहार गर्नुपर्ने बताए ।

ओलीले कहिले सुन र पित्तलको कुरा गरेको र कहिले झुटा लाञ्छना लगाउने कुरामा सांसदहरूलाई जबाफदेही बन्न सुझाव दिए । उनले सदनको गरिमा र मर्यादाविपरीत सुनलाई पित्तल बनायो भनेर बोल्न नहुने बताए ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  २ : ५३ बजे