Logo

समाचार

प्रकाशमान : उम्मेदवारी दर्ताको तयारी गरिसके



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको उम्मेदवार बन्ने निर्णयबाट पछाडि नहटने बताएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन भोलि हुनेछ भने पर्सि उम्मेदवारी दर्ताको समय तोकिएको छ । रामचन्द्र पौडेल समूहबाट को सभापतिको उम्मेदवार बन्ने भन्ने अझै टुंगो लागेको छैन । सहमतिका लागि प्रयास भइरहको बेला नेता सिंहले भने सभापतिमा दाबी कुनै हालतमा नछोड्ने बताए ।

सम्पर्क कार्यालय खोलेर महाधिवेशन प्रतिनिधिहरुसँग भेटवार्ता थालेका पूर्वमहामन्त्री सिंहले सञ्चारकर्मीहरुसँग भने, ‘पर्सि उम्मेदवारी दर्ता गर्न मैले तयारी गरिसकेको छु ।’

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १ : ४३ बजे