Logo

मुख्य समाचार

जापानमा ६ म्याग्निच्युडको भूकम्प



एजेन्सी: जापानको कागोशिमा प्रान्तमा बिहीबार ६.० म्याग्निच्युडको भूकम्प गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । स्थानीय समयानुसार बिहीबार बिहान ११ः०५ बजे भूकम्प गएको थियो ।  

यसको केन्द्रविन्दु २९.४ डिग्री उत्तर अक्षांश र २० किलोमिटर गहिराईमा १२९.४ डिग्री पूर्व देशान्तरमा रहेको थियो ।  यस शक्तिशाली भूकम्पपछि अहिलेसम्म सुनामीको चेतावनी भने जारी गरिएको छैन । 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १ : ०३ बजे