Logo

समाचार

लमजुङ जिप दुर्घटनामा मृत्यु हुनेहरु शिक्षक विद्यार्थी (अपडेट)



काठमाडौं । बिहीबार बिहान लमजुङमा जिप दुर्घटनामा मृत्यु भएका तीन जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा लमजुङको मर्स्याङ्दी गाउँपालिका-२ गणेश माविका शिक्षक कपिलवस्तुका कमल राना, भलामचौरका विद्यार्थी प्रमिसा गुरूङ र सेग्लेका गणेश भण्डारी रहेका छन् ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य ९ जना घाइते भएका छन्। घाइतेहरुको जिल्ला अस्पताल बेसीशहरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

विद्यार्थीलाई घुमाउन पर्यटकीय भुष्मे गाउँतर्फ लैजाँदै गर्दा ग १ ज ६३१७ नम्बरको जीप सडकबाट डेढ सय मिटर तल खसेको थियो। 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १ : ४५ बजे