Logo

समाचार

लमजुङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु



काठमाडौं । लमजुङमा बिहीबार बिहान जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ८ भुस्मेनजिकै ग १ ज ६३१७ नम्बरको जिप सिमपानीतर्फ जाने क्रममा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका-२ मा रहेको गणेश माविका एक शिक्षक र एक छात्र रहेको र एक स्थानीय भएको बताइएको छ । उनीहरुको पुरा सनाखत भइसेको छैन ।

थप उद्धारको कार्य भइरहेको छ । जिप के कति कारणले दुर्घटनामा परेको खुल्न सकेको छैन । 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ९ : १५ बजे