Logo

मुख्य समाचार

गृहमन्त्री खाणले खोले १४ औं महाधिवेशन केन्द्रित सम्पर्क कार्यालय



काठमाडौं । नेपाली काँग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणले १४ औं महाधिवेशन केन्द्रित सम्पर्क कार्यालय खोलेका छन् । सभापति शेरबहादुर देउवा पक्षबाट महामन्त्रीको आकाङ्क्षी रहेका खाणले  पुरानो जय नेपाल सिनेमा हलमा सम्पर्क कार्यालय खोलेका हुन् ।

महाधिवेशनसम्मका लागि खोलिएको सम्पर्क कार्यालय बुधबारबाट अनौपचारिक रुपमा सुरु भएको छ । योसँगै सम्पर्क कार्यालयमा नेता कार्यकर्ताको चहलपहल सुरु भएको छ ।

खाणको सचिवालयमा लुम्बिनी प्रदेश उपसभापति राजु खनाल, लुम्बिनी प्रदेशका महामन्त्रीका प्रत्यासी जन्मजय तिमिल्सिना, नेता बिमल ढकाल, तरुण दल कोषाध्यक्ष विद्वान गुरुङ ,सिन्धुपाल्चोक तरुण सभापति दोर्जे लामा लगायतले काम गरिरहेका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ७ : १० बजे