Logo

समाचार

कांग्रेस केन्द्रीय सदस्यमा डा.पोखरेलको उम्मेदवारी घोषणा



काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेस सुधारको नीतिसहित उनले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।  

कुनै पनि मुलुकलाई मार्गनिर्देश गर्न राजनीतिक दलहरुमा नीति र नेतृत्वबीच तालमेल हुनुपर्ने विचार राख्दै आएका पोखरेलले कांग्रेसको आशन्न १४ औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । २०७२ कात्तिक ९ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजनीमा दिएका पोखरेल २७ पुस २०७३ मा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए।  

पार्टीको १३औं महाधिवेशनमा समेत केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पोखरेल ३३ औं स्थानमा पर्न सफल भएका थिए । २५ सदस्यीय खुला केन्द्रीय सदस्यमा उनी अटाउन सकेनन् । १३ औं महाधिवेशनमा उनले १ हजार ९६ मत ल्याएका थिए ।  

उनले थप भनेका छन्, ‘सार्थक समावेशिता र सांस्कृतिक सहअस्तित्वको उन्‍नत अभ्यास तथा युवाहरूका लागि स्वदेशमै गरिखाने माहोल बनाई आत्मविश्वास सिर्जना गरी सम्मुन्‍नत समाज निर्माण गर्न पार्टीभित्र नीतिगत सुधारमा सहयोग पु¥याउनका लागि मैले उम्मेदवारी दिन लागेको हो। नेपाली कांग्रेसको चौथौं महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ।





प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  २ : १२ बजे