Logo

मुख्य समाचार

अनुसन्धानको सुई ढोकामा ढक्ढक्याउन पुगेपछि संविधानको याद आयो ? : गृहमन्त्री



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमति राष्ट्रिय सहमति बन्न नसक्ने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासकोे मतको प्रस्तावमाथिको छलफलमा उनले रातारात व्यपाारीको घरमा भएको दुई दलबीचको सहमति राष्ट्रिय सहमति बन्न नसक्ने बताए ।

“सहमति हुन सक्ला तर राष्ट्रिय सहमति कदापि हुन सक्दैन,” उनले भने, “एकाएक रातारात राष्ट्र र संविधानको चिन्ता कसरी भयो ? देशमा संकटकाल लागेको छ ? कतैबाट हमला भएको थियो ?”

मध्यरातिमा भएको सहमतिबारे कसैलाई जानकारी नगराएकोमा उनको आपत्ति छ । उनले संविधान जोगाउने नाममा कसलाई जोगाउन खोजिएको हो भन्ने तथ्य सहमतिपत्र आएपछि खुल्ने बताए । “जब अनुसन्धानको सुई कसैको ढोकामा ढक्ढक्याउन पुग्यो, त्यतिबेला संविधानको याद आयो ?,” उनले कांग्रेस र एमालेलाई प्रश्न गरे ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ३ : २८ बजे